धादिङ – यू -१९ साफ च्याम्पियनसिप फुटबल प्रतियोगीता अन्र्तगत सोमबार भएको खेलमा बंगलादेशलाई हराउदै नेपाल समूह विजेता बनेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको फुटबल खेल मैदानमा भएको समूह चरणको अन्तिम खेलमा बंगलादेशमाथि नेपालले २–१ को जित निकालेको थियो ।
खेलको पहिलो हाफमा बराबरीको खेल खेलको नेपालले दोस्रो खेलको अन्तिममा १ गोल थपि समूह विजेता बनेको हो ।
खेलको अन्त्यतिर बंगलादेशका खेलाडीले बचाउने क्रममा आफ्नै पोष्ट तर्फ हानेपछि नेपाल समूह विजेता बनेको हो ।