Fri. Mar 7th, 2025

नेपाल र भारतबीच पाइपलाइन परियोजना निर्माण सम्झौता

pipeline-samjhauta-400x350

काठमाडौँ -पेट्रोलियम पदार्थको सहज आपूर्ति सुनिश्चित गर्न नेपाल र भारतबीच रक्सौल–अमलेखगञ्ज पाइपलाइन परियोजना निर्माणसम्बन्धी सम्झौता भएको छ ।

सम्झौतामा वाणिज्य तथा आपूर्ति मन्त्री सुनिलबहादुर थापा र भारतका पेट्रोलियम तथा प्राकृतिक ग्यास राज्यमन्त्री धर्मेन्द्र प्रधानले सोमबार हस्ताक्षर गरे । हस्ताक्षरपछि वाणिज्य तथा आपूर्ति मन्त्री सुनिलबहादुर थापाले २० वर्षदेखिको सपनाका रुपमा रहेको पाइपलाइन परियोजना साकार भएको बताउँदै परियोजना निर्माणले नेपालमा पेट्रोलियम पदार्थको आपूर्तिमा सहज हुने बताए । परियोजनाको निर्माण अवधि ३० महिनाको समय तोकिएको छ । परियोजना सम्पन्नपछि पेट्रोलियम पदार्थको लागतसमेत कम हुने अधिकारीहरुले बताएका छन ।

भारतीय राज्यमन्त्री प्रधानले गत वर्ष भारतका प्रधानमन्त्री मोदीले नेपाल भ्रमणका बेला बाचा गरेअनुसार पाइपलाइन निर्माणसम्बन्धी सम्झौता भएको उल्लेख गरे । दुवै सरकारको प्राथमिकतामा रहेको सो परियोजनाको निर्माणले महत्वपूर्ण आवश्यकता पूरा गर्ने विश्वास व्यक्त गरे । कुल चार अर्ब ४० करोड रुपैया लागतमा निर्माण हुने ४१ किलोमिटर लम्बाइको पाइपलाइन परियोजनामा नेपाल र भारत सरकारको संयुक्त लगानी रहनेछ । भारतमा दुई किमी र नेपालमा ३९ किमी लम्बाइ रहने परियोजना निर्माणमा भारतको तीन अर्ब २० करोड र नेपालको एक अर्ब २० करोड रुपैया लागत रहने नेपाल आयल निगमले बताएको छ ।

पाइपलाइन विस्तारपछि बन्द र आन्दोलनका समयमा पनि मुलुकमा पट्रोलियम पदार्थको आपूर्तिमा कमी नहुने र यसले वार्षिक करिब ७० करोड रुपैया यातायात लागत घटाउने अनुमान गरिएको छ । साथै सिमानामा पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्याङ्करको समेत ट्राफिक जाम नहुने भएको छ । रासस

About The Author

अन्य समाचारहरु: