Tue. Feb 25th, 2025

विराज भट्टका छोरा समीर भट्ट ‘बलिदान’को शीर्ष भूमिकामा

काठमाडौं – आशुसेन फिल्म्सको आगामी प्रोजेक्टको शीर्ष भूमिकामा समीर भट्ट अनुबन्धित भएका छन् । अभिनेता विराज भट्टका छोरा समेत रहेका उनी यो फिल्मको लिड(मेलमा प्रस्तुत हुने जनाइएको छ ।

भट्टको क्यारेक्टर पोस्टरसहित निर्माताले शुक्रबार फिल्ममा उनको सहभागिताबारे जानकारी गराएका छन् । ‘धेरै कार्यशालामा बस्दा हामीले खोजेको पात्रमा उहाँ उपयुक्त हुने देखियो,’ भट्टबारे निर्देशक सन्तोष सेनले अनलाइनखबरसँग भने, ‘पात्रलाई पुष्टि गर्न उहाँभन्दा अर्को उपयुक्त कलाकार भेटिएन ।’

आफूहरुले खोजेको विद्रोही र एक्सन चरित्रको लागि समीर तयार रहेको निर्देशक सेनले बताए । समीरको अपोजिटमा अभिनय गर्ने लिड(फिमेलको कास्टिङबारे भने तय छैन ।

यसअघि यो फिल्मको खलपात्रमा सौगात मल्ल र अर्पण थापा अनुबन्धित भइसकेका छन् । तर कथालाई डोर्‍याउने काम चाहिं समीरले गर्ने जनाइएको छ । यो फिल्मको पटकथा दर्शनजीले लेखेका हुन् ।

About The Author

अन्य समाचारहरु: