Fri. Mar 14th, 2025

मर्यादित भएर होली पर्व मनाउन जिल्ला प्रशासन धादिङको अनुरोध


धादिङ-जिल्ला प्रशासन कार्यलय धादिङले मर्यदित भएर होली पर्व मनाउन नागरिकहरुलाई अनुरोध गरेको छ । रङ दलेर खुसी साटासाट गर्ने यस पर्वमा सामाजिक तथा धार्मिक सद्भाव नविथोल्न प्रशासनले आज एक सुचना मार्फत अनुरोध गरेको हो ।
होली पर्व मनाउने नाममा ईच्छा विपरित जताभावी रङ लागाउने गोला तथा फोहोर पानी हान्ने मादक पदार्थ सेवन गरी अवाञ्छित तथा उछृङ्खल गतिविधी गरेको पाईए प्रचलित अनुसार कारर्वाही गरिने जिल्ला प्रशासन कार्यलय धादिङले जनाएको छ ।
फागु पुर्णीमा अर्थात होली पर्व यही चैत्र ११ गते हिमाली र पहाडी भेगमा मनाईदै छ भने १३ गते तराई भेगमा मनाईदै छ ।

About The Author

अन्य समाचारहरु: