
काठमाण्डौ – हप्ताको पहिलो दिन शेयर बजार आज दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १० दशमलव ६२ अङ्कले घटेर दुई हजार ७० दशमलव २५ विन्दुमा झरेको छ ।
आज विकास बैंक, फाइनान्स र उत्पादनबाहेक अरू सबै समूहको शेयर घटेको छ । आज सबैभन्दा धेरै विन नेपाल लघुवित्तको शेयर झण्डै आठ प्रतिशतले ओरालो लागेको छ । समग्रमा बजार घटेको दिन आज सप्तकोशी विकास बैंकको शेयर १० प्रतिशत र गुराँस लघुवित्तको शेयर साढे नौ प्रतिशतले बढेको छ ।