Thu. Mar 13th, 2025

नाइजेरियाको डेल्टामा दुई समुदायबीच झडप हुदा १६ जनाको सैन्य टोलीको हत्या

नाइजेरियाको दक्षिणी राज्य डेल्टामा दुई समुदायबीचको झडप रोक्नका लागि अभियानमा खटिएको सैन्य टोलीको १६ जनाको हत्या भएको छ । डेल्टामा ओकुवामा र ओकोलोबा समुदायबीचको झडप रोक्न खटिएका नाइजेरियाली सैनिक मारिएका हुन् ।

साम्प्रदायिक शान्ति अभियानका लागि गएका उनीहरूलाई युवाको समूहले घेरेर मारेको सेनाका प्रवक्तालाई उद्धृत गरी समाचार संस्था एएफपीले जनाएको छ । आक्रमणमा कमान्डिङ अफिसर, दुई मेजर, एक क्याप्टेन र १२ सैनिकको मृत्यु भएको हो ।

About The Author

अन्य समाचारहरु: