Fri. Mar 7th, 2025

अर्को महिनादेखि २ लाख लिटर दूध खेर जाने

milk-collection-
७ भदौ, काठमाडौ – स्वदेशी डेरी उद्योगले आगामी महिनाबाट दैनिक करिब २ लाख लिटर दूध खेर जाने बताएको छ । असोजताका दूध उत्पादन बढ्ने तर डेरी उद्योगहरुसँग त्यो किन्ने क्षमता नभएकाले खेर जाने उनीहरुको भनाइ छ ।

ठूलो मात्रामा उत्पादित घ्यू स्टक रहेकाले थप दूध किन्न सक्ने अवस्था नरहेको डेरी उद्योगीहरुको भनाइ छ । यतिबेला करिब सवा अर्ब रुपैयाँको स्वदेशी घ्यू डेरीको गोदाममा थन्किएको छ । त्यो बेच्न नपाए थप दूध किन्न नसक्ने डेरी उद्योग बताउँछन् छ । विदेशबाट आयात हुने सस्तो घ्यूका कारण स्वदेशी घ्यू नबिकेको उद्योगी बताउँछन् । स्वदेशी उत्पादन बिक्री हुने वातावरण बनाउन सरकारले आयातित घ्यूमा लाग्ने भन्सार महशुल बढाउनुपर्ने उनीहरुको माग छ ।

विदेशबाट आयात हुने घ्यूमा कम भन्सार लाग्ने भएकाले त्यो स्वदेशीभन्दा सस्तो परेको र सस्तोसँग महंगोले प्रतिष्पर्धा गर्न नसकेको डेरी उद्योगीको भनाइ छ । डेरी उद्योगीले कृषि मन्त्रालयलाई आयात हुने घ्यूको भन्सार महशुल नबढाए किसानबाट दूध किन्न नसकिने जानकारी गराइसकेका छन् । उद्योगीको भनाइसँग मन्त्रालय पनि सहमत छ । असोजबाट दूध उत्पादन बढ्छ । यस्तो बेला राज्यले दूध किन्ने वातावरण नबनाए मिल्क होलिडे हुने सम्भावना छ । गाईपालनमा किसान र राज्यको गरी १० अर्बभन्दा बढी लगानी छ । राज्यले गाईपालनमा लगानी बढाउने तर दुग्ध पदार्थ आयातमा भन्सार महशुल नबढाउने हो भने उक्त लगानी बालुवामा पानी सरह हुने सरकारी अधिकारी पनि स्वीकार गर्छन् ।

नेपाल डेरीले ६ सय टन घ्यू स्टक रहेको जनाएको छ । यसको मूल्य ५० करोड रुपैयाँ पर्छ । दुग्ध विकास संस्थानसँग ४० करोड रुपैयाँ बराबरको ५ सय टन घ्यू स्टक छ । नेपाल डेरी एशोशियसनले सदस्य उद्योगसँग २ सय ५५ टन घ्यू स्टक रहेको जनाएको छ । नागरिक दैनिकबाट

About The Author

अन्य समाचारहरु: