Fri. Mar 7th, 2025

धादिङका स्वास्थ्य चौर्कीलाई सौर्य बत्ती वितरण

souri tuli bitaran 1 copy
धादिङ – धादिङका स्वास्थ्यचौकी तथा बर्थिङ सेन्टरलाई ऊर्जा समाज नेपालले शनिबार सौर्य टुकी वितरण गरेको छ ।

समाजले जिल्ला स्वास्थ्य कार्यलय धादिङको भवनमा एक कार्यक्रमको आयोजना गरी वितरण गरेको हो । धादिङ जिल्लामा रहेको ५३ वटा स्वास्थ्य चौकीहरुलाई तीन तीन वटाका दरले १ सय ५९ वटा सौय टुकी वितरण गरेको हो । जिल्ला अस्पतालका आकस्मिक कक्ष, वर्थिङ सेन्टरका स्वास्थ्यकर्मीलाई पनि प्रदान गरेको छ । साथै जिल्लामा क्रियाशिल सञ्चारकर्मीलाई पनि सौर्य टुकी प्रदान गरेको छ ।

souri tuli bitaran 2 copy

संस्थाले भूकम्पअघि महिला सशक्तीकरणका माध्यमबाट नवीकरणीय ऊर्जाका क्षेत्रमा काम गरिरहेको भए पनि भूकम्पपछि विपदमा परेका महिला तथा अन्य उद्धारका क्षेत्रमा काम गर्ने सघसंस्था र विद्यालयलाई सौर्य ऊर्जा वितरण गर्दै आएको उर्जा समाजका कार्यक्रम संयोजक चञ्चला ढकालले बताए ।

संस्थाले भूकम्प प्रभावित १० वटा जिल्लामा सौय टुकी वितरण गरिसकेको छ ।

About The Author

अन्य समाचारहरु: