Wed. Feb 26th, 2025

चेक रिपब्लिककी क्रिस्टिना पाइस्कोभालाई मिस वर्ल्डको उपाधि

काठमाडौं – चेक रिपब्लिककी क्रिस्टिना पाइस्कोभाले ७१ औं मिस वर्ल्डको उपाधि जितेकी छन् । शनिबार राती मुम्बईमा आयोजित ग्राण्ड फिनालेमा उनले ताज पहिरिइन् ।

२४ वर्षिया पाइस्कोभा पेशाले अन्तर्राष्ट्रिय मोडल, स्वयंसेवक र विद्यार्थी हुन् । मिस वर्ल्ड २०२२ क्यारोलिना विलाव्स्काले उनलाई ताज लगाइदिइन् । एसियाली मुलुक लेबनानकी यास्मिना जायतौन फस्ट(रनरअप घोषित भइन् ।

मिस वर्ल्ड अमेरिकाको उपाधि ट्रिनिडाड एण्ड टोबागोकी अचे अब्राहम्स र मिस वर्ल्ड अफ्रिकाको उपाधि लेसेगो चोम्बोले जिते । नेपालले यो संस्करणको प्रतिस्पर्धामा अन्तिम ४० सम्म मात्रै यात्रा तय गर्न सक्यो । तर, ‘ब्युटी विथ अ पर्पस’ विधामा नेपाल एसियाली विजेता बन्यो ।

About The Author

अन्य समाचारहरु: