
काठमाण्डौ – पछिल्लो पाँच वर्षमा साइबर अपराधका घटना ६ गुणा धेरैले बढेको पाइएको छ । नेपाल प्रहरीको साइबर ब्यूरोको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७६र७७ मा दुई हजार ३ सय वटा निवेदन आएकामा चालु आर्थिक वर्षको फागुन २३ सम्म १२ हजार ७ सय ८९ वटा निवेदन आएका हुन् ।
साइबर ब्यूरोका प्रहरी उपरीक्षक तथा प्रवक्ता दिपकराज अवस्थीले अनलाइन पछिल्लो पाँच वर्षमा साइबर अपराधका घटना ६ गुणा धेरैले बढेको, अश्लील फोटो तथा भिडियो सामाजिक सञ्जालमा प्रकाशित गर्ने, अन्य व्यक्तिको नाम तथा तस्बिर प्रयोग गर्ने, वेबसाइट ह्याकिङ लगायतका अपराधका विभिन्न स्वरुपमध्ये पछिल्लो समय ब्यूरोमा आर्थिक ठगीका निवेदन बढी आएको जानकारी दिए।
साइबर अपराधका प्रवृत्तिमा विभिन्न किसिमका नग्न तस्बिरमा व्यक्तिको मुहार जोडी अनलाइनमा राख्ने, अश्लील फोटो तथा भिडियो सामाजिक सञ्जालमा प्रकाशित गर्ने, सम्पूर्ण सूचना आफ्नो नियन्त्रणमा लिइ फिरौती माग गर्ने, सामाजिक सञ्जालमा अन्य व्यक्तिको नाम तथा तस्बिर प्रयोग गरेर प्रोफाइल पेज खोली बेइज्जत गर्ने तथा दुःख दिने, सरकारी तथा अन्य सङ्घ संस्थाको वेबसाइट ह्याकिङ गर्ने, अनलाइन ठगी गर्ने जस्ता गतिविधि पर्छन् ।