Tue. Nov 26th, 2024

प्रचण्डको नाममा लिएरै देउवाको कसम – धोकेवाजसँग बदला लिन्छु-लिन्छु

काठमाडौं -नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ‘धोकेवाज र फटाहा’ घोषणा गर्दै बदला लिएरै छाडने कसम खाएका छन् । कांग्रेस सभापति देउवाले तीन दलका नेताहरुसँगको छलफलमा ‘धोकेवाज प्रचण्डसँग बदला लिएरै छाडने’ कसम खाएका हुन ।

प्रधानमन्त्री दाहालले कांग्रेससँगको गठबन्धन तोडेर नयाँ समीकरण बनाएपछि देउवा निकै आक्रोशित बनेका छन् । उनले माओवादीसँग सवै सम्बन्ध तोडेको घोषणासहित आफ्नो मुख्यमन्त्री रहेको प्रदेशमा माओवादीका मन्त्रीहरु बर्खास्त गर्न लगाएको छ छ भने माओवादी मुख्यमन्त्री रहेको प्रदेशमा सरकारबाट कांग्रेस बाहिरिएको छ । प्रचण्डले शतप्रतिशत झुटो बोलेर गठबन्धन तोडेको भन्दै देउवाले बदला लिने कसम खाएको बैठकमा सहभागी नेताहरुको भनाई छ ।

प्रधानमन्त्री दाहालसँग बदला लिने काम देउवाले अघि बढाइसकेको छ । प्रधानमन्त्री दाहालले गठबन्धन तोडेलगत्तै देउवाले आफ्ना दूतमार्फत नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई नै प्रधानमन्त्री बन्न अफर गरेको थियो । अघिल्लोदिनसम्म आफ्नो फोनको रेस्पोन्ससमेत नगर्ने देउवाको सोप्रस्तावलाई ओलीले इग्नोर गरेपछि उनले रास्वपाका अध्यक्ष रबि लामिछाने हुँदै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसम्मलाई भेटेर प्रधानमन्त्री बन्न प्रस्ताव गरे ।

सत्ता गठबन्धनको बहुमत पुग्न नदिन देउवाले यो कदम चालेको थाह पाएर एमाले अध्यक्ष ओलीले मन्त्रत्रालय बाँडफाँटमा कुनै दावी नगरेर प्रधानमन्त्री दाहाललाई सजिलो बनाइदियो ।मधेशवादी दल र रेशमलाल चौधरी नेतृत्वको नागरिकउन्मुक्ति पार्टीलाई आफ्नो साथमा राख्ने रणनीतिसहित छलफल गरेको छ । देउवाले मधेसवादी दसहित नेकपा एकीकृत रोक्ने प्रयाश गर्नुभएको थियो । तर नेपालले देउवाको भनाईमा बिश्वास नगरी नयाँ गठबन्धनतिर आउनु भएपछि उनिप्रति पनि देउवा आक्रोशित बनेको बैठकमा सहभागी एक नेताले बताए । ती नेताका अनुसार मुखैमा आएको प्रधानमन्त्री छाडेर माधव प्रचण्ड र ओलीतिरै टाँसिएको भन्दै उनिमाथि पनि बेइमानको संज्ञा दिएको छ ।

About The Author

अन्य समाचारहरु: