Tue. Nov 26th, 2024

जोखिममा एनआइसी एसिया बैंक

काठमाडौं – एनआइसी एसिया बैंकलाई जोगाउन खोज्दा डेपुटी गभर्नर निलम ढुंगानाको अधिकार खोसिएको छ । योग्यता र क्षमताले भन्दा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सिफारिसमा डेपुटी गभर्नर बनेकी ढुंगानाले एनआइसी एसिया बैंकलाई जोगाउन खोजेपछि गभर्नर महाप्रसाद अधिकारीले अधिकार खोसेका हुन् ।

एनआइसी बैंकलाई जोगाउन भूमिका खेलेपछि राष्ट्रबैंककै बदनाम हुने स्थितिमा फागुन १० उनको जिम्मेवारी खोसिएको स्रोतले बताएको छ । ढुंगानाले सम्हाल्दै आएको बैंक सुपरिवेक्षण विभागको जिम्मेवारी खोसेर अर्का डेपुटी गभर्नर बमबहादुर मिश्रलाई दिएका छन् । हाल सुपरिवेक्षण विभागको कार्यकारी निर्देशक देवकुमार ढकाल छन् ।

एनआईसी एसिया बैंकविरुद्ध राष्ट्रबैंकमा दर्जनौँ उजुरी रहेका छन् । ती उजुरीमाथि आवश्यक कारबाही गर्नुपर्नेमा ढुंगानाले उन्मुक्ति दिँदै आएकी थिएन । गम्भीर विषयमा समेत ढुंगानाले अवरोध पु¥याएको बताइएको छ ।

ढकालले एनआइसी बैंकलाई कारबाही गर्न खोज्दा ढुंगानाले नमानेपछि जिम्मेवारी खोसिएको राष्ट्रबैंक स्रोतले जनाएको छ । उनलाई कारबाही स्वरुप जिम्मेवारी खोसिएको बताइएको छ । सुपरिवेक्षण विभाग राष्ट्रबैंकको सबैभन्दा आकर्षक र शक्तिशाली विभाग हो ।

बदमासी गर्ने बैंकलाई कारबाही गर्न नदिएपछि ढुंगानालाई जिम्मेवारीबाट हटाउनुपर्ने भन्दै ढकालसहितले प्रयास गर्दै आएका थिए । ढुंगानामा निर्णय क्षमता कमजोर रहेको बैंकका एक अधिकारीले बताए । गभर्नरमाथि नै प्रश्न उठ्ने अवस्था आएपछि ढुंगानाको जिम्मेवारी खोसिएको बताइएको छ ।

About The Author

अन्य समाचारहरु: