Fri. Mar 7th, 2025

बाढीले चार घर बगायो, ५० घर डुबानमा

५ भदौ, चितवन – दक्षिण चितवनको माडीमा शुक्रबार आएको भिषण बाढीले चार घर बगाएको छ । अन्य ५० घर डुबानमा परेका छन् । पचास घरमध्ये १४ भने जोखिममा परेको जिल्ला विपद् व्यवस्थापन समिति चितवनका सूचना अधिकारी बलराम लुइँटेलले जानकारी दिए । बाढीले घर बगाएका चार घरका परिवारलाई स्थानीय विद्यालयमा राखिएको छ । जिल्ला विपद् व्यवस्थापन समितिले उनीहरुलाई खाने बस्नेको व्यवस्था गरेको लुइँटेलले जानकारी दिए ।

बाढीले भरतपुर माडी ठोरी सडकको विभिन्न क्षेत्र कटान गरेकाले शुक्रबार दिनभरि सवारी अवरुद्ध भएको थियो । साँझ भने बाटो मर्मत गरेर सञ्चालनमा ल्याइएको स्थानीयले बताएका छन् । हरेक वर्ष बाढीबाट प्रभावित हुँदै आएको माडीमा यो वर्ष पनि बाढीले क्षति पु¥याएको हो । राति बाढी पसेको भए पनि भागेर परिवारले भने ज्यान जोगाएको स्थानीय श्रीप्रसाद दवाडीले बताए । यहाँको रतनी, पौवारी, सिमरा र धोवाहा गाउँ बढी प्रभावित भएको छ ।

चौध घर कटान र डुबानको उच्च जोखिममा रहेकाले केहीले घरसमेत सारेका छन् । यहाँको रिउ नदी सबैभन्दा प्रभावित पार्ने नदी हो । यस्तै पहाडी खहरे खोलाले पनि बस्ती जोखिममा पार्ने गर्छ । रासस

About The Author

अन्य समाचारहरु: