काठमाडौं– क्यूआर कोड मार्फत नै काठमाडौं महानगरपालिकाभित्र रहेका सम्पदाबारे जानकारी पाउन सकिने भएको छ ।
महानगरले नन्दिकेशर मन्दिर, शंकरकीर्ति महाविहार र नक्साल भगवती मन्दिरको चिनारी सम्बन्धी जानकारी दिने गरी क्यूआर कोड सेवा सञ्चालनमा ल्याएको हो ।
‘घुम्न आउनेले स्मार्ट फोन बोकेकै हुन्छन् । क्यूआर स्क्यान गरेपछि मन्दिरको प्राचीन इतिहास, यससँग जोडिएका जात्रा पर्व, सामाजिक तथा धार्मिक संस्कार लगायत विविध विष्षय जान्न कसैलाई सोध्नु नपरोस् भन्ने हाम्रो चाहना हो,’ उनले भने ।
वडाले द सारङ्गको प्राविधिक सहयोगमा क्यूआर कोड राखेको हो । नेपाली, अंग्रेजी, जर्मन, हिन्दी, फ्रेन्च, चाइनिज, कोरियन, स्पेनिस, जापानिज, अरेबिक गरी १० भाषामा क्यूआर कोडको प्रयोग गरी अडियो मार्फत सम्पदाबारे जानकारी लिन सकिने महानगरले जनाएको छ ।