काठमाण्डौ – नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष २०८०र८१ को साउनयता विद्युत् वितरणतर्फका नौ वटा सबस्टेशन निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याएको छ ।
प्राधिकरणले विद्युत् ग्रिड सबस्टेशनबाट वितरण सबस्टेशनसम्म विद्युत् पुर्याउन र वितरण सबस्टेशनबाट उपभोक्ताकोसम्म विद्युत् पुर्याउन ३३ तथा ११ किलो भोल्ट ९केभी० र ४ सय भोल्टका लाइन पनि निर्माण गरी सञ्चालनमा ल्याएको छ । साथै वितरण ट्रान्सफर्म पनि जडान गरिएको छ ।
साउनदेखि अहिलेसम्म वितरणतर्फका ३३र११ केभी क्षमताका ९ वटा वितरण सबस्टेशन निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइएको छ । यसबाट सबस्टेशन निर्माण क्षेत्रको विद्युत् आपूर्तिमा सुधार हुनुका साथै चुहावट पनि घटेको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उपभोक्तालाई भरपर्दो, गुणस्तरीय, पर्याप्त र सुरक्षित विद्युत् उपलब्ध गराउन देशभरि नै वितरणतर्फका लाइन र सबस्टेशन निर्माण अभियानकै रूपमा चलिरहेको बताए।
‘विद्युत् नपुगेका ठाउँमा विद्युतीकरण गर्न र पुगेका ठाउँको आपूर्तिलाई सुधार गर्न वितरण प्रणालीको विस्तार र सुदृढीकरण व्यापकरूपमा गरिरहेका छौँ’, कार्यकारी निर्देशक घिसिङले भने, ‘सङ्घीय राजधानी काठमाण्डौ उपत्यकासहित देशका प्रमुख शहर तथा औद्योगिक क्षेत्रको विद्युत आपूर्तिलाई भरपर्दो तथा गुणस्तरीय र भविष्यमा बढ्ने मागलाई सन् २०५० को समयमीमा निर्धारण गरी उच्चस्तरको भरपर्दो र विश्वसनीय विद्युतीय भार बोक्न सक्ने प्रसारण र वितरणतर्फका लाइन र सबस्टेसनहरू चरणबद्धरूपमा निर्माण अगाडि बढाइसकेका छौँ ।’
घिसिङले यसका लागि अहिले सञ्चालनमा रहेका प्रसारण तथा वितरण लाइन र सबस्टेशनको स्तरोन्नति तथा सुदृढीकरण र नयाँ प्रसारण लाइन र सबस्टेशनको निर्माण शुरु गरिएको बताए।