Tue. Nov 26th, 2024

बाजुरामा चामल खरिद र ढुवानीलाई व्यवस्थित बनाइने

काठमाण्डौ – बाजुरामा खाद्यान्नको आपूर्ति बढाउनुका साथै वितरणलाई समेत व्यवस्थित बनाइने भएको छ । जिल्ला प्रशासन कार्यालय बाजुरामा बसेको सर्वपक्षीय बैठकले जिल्ला सदरमुकाम मार्तडीमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका लागि निर्धारण गरिएको कोटाअनुसारको चामल ढुवानी कार्य समयमै गर्न सङ्घीय र प्रदेश कार्यालयसँग समन्वय गर्ने निर्णय गरेको छ ।

चामलका लागि लाइनमा लाग्नुपर्ने, मागअनुसार ढुवानी नहुने समस्या देखिएकाले तत्काल ढुवानी गराउने गरी पहल गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले बताए। उनले ठेकेदारले समयमै चामल ढुवानी नगर्दा स्थानीयले बजारको चामल महँगोमा किन्नुपर्ने बाध्यता हुने गरेको आरोप लाग्ने गरेको बताए ।

संस्थानले केही रुपैयाँ सहुलियत दरमा दिने गर्दा स्थानीयले खाद्यान्नकै चामल रोज्ने गरेका छन् । पर्याप्त बजार क्षेत्र भएर पनि बाजुरामा खाद्यान्न अभाव हुने गरेको सन्देश जाने भएकाले अनुदान दिने मापदण्ड पनि तोकिनुपर्ने र जबरजस्ती अभाव सिर्जना गरिने काम बन्द गरिनुपर्ने दलका प्रतिनिधिले आग्रह गरेका छन् ।

About The Author

अन्य समाचारहरु: