
काठमाडौं– निर्वाचन आयोगले संबिधानसभा अध्यक्ष सुवास नेम्वाङको निधनपछि रिक्त इलाम २ सहित रिक्त प्रतिनिधि सभा र प्रदेश सभाको उपचुनावको मिति तोकेको छ ।
आज बसेको निर्वाचन आयोगको बैठकले प्रतिनिधिसभाअन्तर्गत इलाम २ र सूदुरपश्चिम प्रदेशसभा अन्तर्गत बझाङ १ मा वैशाख १५ गते शनिबार उपनिर्वाचन गर्ने गरी मिति तोकेको हो ।
इलाम २ मा एमालेबाट निर्वाचित सुवासचन्द्र नेम्बाङ र बझाङ १ मा कांग्रेसबाट निर्वाचित पृथ्वीबहादुर सिंहको निधन भएपछि उक्त स्थान रिक्त भएको थियो । सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला मन्त्री समेत रहेका सिंहको गत असार ५ गते सडक दर्घटनामा परी निधन भएको थियो ।
यसैगरी संविधानसभाका अध्यक्ष समेत रहेको एमाले उपाध्यक्ष नेम्बाङको गत भदौ २६ गते निधन भएको थियो । स्थानीय तहमा पनि दुई दर्जन स्थान खाली छन् । आयोगले नै मिति तय गर्ने अधिकार भएकाले प्रतिनिधिसभा र प्रदेशसभाको चाहिँ चुनाव गरिहाल्ने तयारी गरेको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले जानकारी दिए ।