
काठमाण्डौ – काठमाण्डौ लगायत लुम्बिनी प्रदेशका केही ठाउँमा छिटपुट वर्षा भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाण्डौको त्रिभुवन विमानस्थल वरपर हल्का पानी परेको छ ।
त्यस्तै गण्डकी तथा लुम्बिनी प्रदेशका एक, दुई ठाउँमा पनि हल्का वर्षा भएको मौसमविद् संजीव अधिकारीले बताउनुभयो । गण्डकी प्रदेशको गोरखा तथा कास्कीमा मेघ गर्जन सहित हल्का वर्षा भएको छ । यस्तै लुम्बिनी प्रदेशको पाल्पामा पनि हल्का वर्षा भएको छ ।
यस्तै अन्य प्रदेशमा पनि छिटपुट वर्षा भएको महाशाखाले जनाएको छ ।