Mon. Nov 25th, 2024

धादिङका बालबालिकालाई दादुरा–रुबेलाविरुद्ध खोप लगाइँदै

धादिङमा आगामी फागुन दोस्रो साताबाट दादुरा–रुबेला खोप अभियान सुरु हुने भएको छ । दादुरा–रूबेला सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै फागुन १३ देखि चैत ७ गतेसम्म २२ हजार २ सय ३७ बालबालिकालाई खोप लगाईने लक्ष्य रहेको नीलकण्ठ नगरपालिकाका स्वास्थ्य संयोजक विष्णु रिजालले जानकारी दिनुभएको छ ।जिल्लामा नौ महिना पुगेर पाँच वर्षमुनिका बालबालिकालाई दादुरा–रूबेला विरुद्धको खोप दिन लागेको हो।

त्यस्तै नीलकण्ठ नगरपालिका, ज्वालामुखी गाउँपालिका, सिद्धलेक गाउँपालिका र नेत्रावति डबजोङ गाउँपालिकामा भने फागुनको २२ गतेदेखि २८ गतेसम्म खोप अभियान संचालन हुनेछ । आज धादिङबेसीमा पालिका खोप समन्वय समिति, संचारकर्मी र सरोकारवालाहरु सँग छलफल तथा अन्तरक्रिया गरि जानकारी गराएको हो । जिल्लाका २ सय २ वटा नियमित खोप केन्द्रबाट खोप अभियान सञ्चालन हुने स्वास्थ्य संयोजक रिजालले बताउनुभयो ।

खोप अभियानका लागि जिल्लाभर २१ जना स्वास्थ्यकर्मी, ४२ जना स्वयंसेवक र १५ जनाले एइएफआईको अनुगमन गर्ने चिकित्सकको टोली रहने उहाँले बताउनुभयो । गत वर्ष पनि नेपालमा दादुराको प्रकोप भएको थियो। लुम्बिनी प्रदेशका अर्घाखाँची, दाङ, बाँके, बर्दिया र कपिलवस्तुसहित १९ जिल्लामा दादुराको प्रकोप देखिएको थियो। अर्घाखाँचीमा ११, दाङमा ३९, बर्दिया ७२, बाँकेमा तीन सय २९ र कपिलवस्तुमा २३ जना दादुराका बिरामी फेला परेका थिए। गत वर्ष नेपालमा एक हजार तीन सय ४९ जनामा दादुरा संक्रमण पुष्टि भएपछि खोप अभियानको सुरुवात गरिएको हो।

About The Author

अन्य समाचारहरु: