धादिङ-धादिङमा फोटो तथा दृश्य सम्पादन गर्ने सम्बन्धि पत्रकारिता तालिम आज सम्पन्न भएको छ । दलित तथा जनजाति पत्रकारलाई विद्युतिय प्रविधिसँग जोड्ने र पत्रकारिता पेशामा दक्ष बनाई आत्मनिर्भर बनाउने उद्देश्यले मंगलबार देखि सुरु भएको तालिम आज सम्पन्न भएको हो ।
तालिम समापन कार्यक्रममा नीकलण्ठ नगरपालिकाका उपप्रमुख दिपक विश्वकर्माले आधुनिक तथा विद्युतिय प्रविधिको उच्चतम प्रयोग गर्न सके पत्रकारिता थप प्रभावकारी बन्ने बताएका छन् । पछिल्लो समयमा पत्रकारिता पेशालाई प्रदुषित बनाउने काम भईरहेकोले यसबाट अहिलेको मिडियलाई जोगाउन जुरुरी रहेको बताए । राजयको चौथो अंगको रुपमा पत्रकारिता क्षेत्रले सुशासन, अनियमितता र भ्रष्टाचारको पक्षमा काम गर्नुपर्नेमा जोड दिए ।
नीलकण्ठ नगरपालिकाको आर्थिक सहयोगमा मंगलबारबाट शुरु भएको पत्रकारिता तालिममा प्रशिक्षक ध्रुव प्रसाद पराजुलीले फोटो सप तथा भिडियो सम्पादन सम्बन्धी विषयमा जानकारी गराएका थिए। फोटो तथा दृश्य सम्पादन तालिम निकै उपयोगि भएको र व्यवहारमा लागु गरिने तालिमममा सहभागिहरुले बताएका छन् ।