
lxdkftn] ls;fg v';L l;dsf]6, !* df3 M x'Dnf a'waf/ /flt ePsf] lxdkft . t];|f]k6s lxdkft x'Fbf ls;fg v';L ePsf 5g . tl:a/ M bfg] af]x/f÷/f;;
काठमाण्डौ – पश्चिमका उच्च पहाडी तथा हिमाली भेगमा वर्षासँगै हिमपात भएको छ । जुम्लामा आज बिहान यस वर्षकै पहिलो हिमपात भएको छ । गएको वर्षभन्दा यसवर्ष ढिलोगरी हिउँ परेको हो । सदरमुकाम खलङ्गासहित जिल्लाभर झण्डै आधा फिट हिउँ जमेको छ ।
ढिलोगरी हिमपात भएपछि हिउँदै बाली लगाएर आकाशे पानीको पर्खाइमा रहेका किसान खुसी भएका जिल्लाको तिला गाउँपालिमा–१ का स्थानीय बासिन्दा पार्वती बुढाले जानकारी दिए । माघ लाग्दा पनि हिउँ नपरेपछि खडेरी लाग्ने भन्दै किसान चिन्तामा थिए । जौ र गहुँबाली लगाएका किसानलाई भने यो हिउँले निकै राहत भएको कृषि विकास कार्यालयले जनाएको छ ।
माथिल्लो कर्णालीमा हिमपात शुरु भएसँगै हवाई सेवा अवरुद्ध भएको छ । यसैबीच, हुम्लामा पनि गएरातिदेखि हिमपात भएको छ । हुम्लामा यो वर्ष तेस्रो पटक हिमपात भएको हो । हिमपात भएसँगै किसान खुसी भएका छन् ।