काठमाडौं – आईसीसी यू–१९ विश्वकपअन्तर्गत सुपर सिक्सको पहिलो खेलमा नेपालले बंगलादेशविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।
बुधबार दक्षिण अफ्रिकाको मनगंग ओभलमा हुने खेलका लागि भएको टस नेपालले जितेको थियो । टस जितेपछि नेपाली टिमका कप्तान देव खनालले ब्याटिङको निर्णय गर्दै बंगलादेशलाई फिल्डिङको निम्तो दिए ।