Fri. Mar 7th, 2025

पहिरोमा पुरिएर श्रीमानको मृत्यु, श्रीमती घाइते

gorkha

३ भदौ, गोरखा – उत्तरी गोरखाको ल्हो गाविसमा झरेको पहिरोले गएराति एक वृद्धको मृत्यु भएको छ ।तिब्बतसँग सिमाना जोडिएको ल्हो–९ गाउँका ७० वर्षीय पासाङ छिरिङ लामाको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

माथिबाट पहिरोसँगै झरेको ठूलो ढुङ्गा छिरिङमाथि बज्रेको थियो ।उनीहरु स्याला गाउँबाट ल्हो गाउँतर्फ आउँदै थिए । जङ्गलको बाटोमा माथिबाट झरेको पहिरोमा पुरिएपछि छिरिङको मृत्यु भएको स्थानीयवासीले बताएका छन् ।साथै पहिरोमा परेर छिरिङकी श्रीमती काल्तेन लामा घाइते भएको र उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।बुधबार दिनभर स्याला–ल्हो गाउँ आवतजावत गर्ने बाटोमा पहिरो खसेकाले मानिस हिँड्न सकेका थिएनन् ।बेलुकी पहिरो रोकिएपछि छिरिङ दम्पती घर हिँडेका थिए । तर पुनः पहिरो झरेपछि छिरिङको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरीनायब उपरीक्षक वसन्त रजौरेका अनुसार घटनास्थलमा अहिले प्रहरी पुगिसकेको छ ।भूकम्पपछि उत्तरी गोरखामा एक गाउँदेखि अर्को गाउँ पुग्ने बाटो पहिरोले अवरुद्ध छ । बर्सातको बेला पहिरो झर्ने उत्तरी भेगमा बर्सात रोकिएपछि पनि सुक्खा पहिरो झर्छ । रासस

About The Author

अन्य समाचारहरु: