Tue. Nov 26th, 2024

लगातार चौथो दिन शेयर बजार घट्यो, ६ अर्ब ३६ करोड रुपैयाँको कारोबार

काठमाण्डौ – लगातार चौथो दिन आज पनि शेयर बजार घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ३१ दशमलव ४९ अङ्कले घटेर २ हजार ९८ दशमलव ६९ विन्दुमा झरेको छ ।

आज व्यापारबाहेक अरू सबै समूहको शेयर ओरालो लागेको छ । सबैभन्दा धेरै दोर्दी जलविद्युत् कम्पनीको शेयर झन्डै साढे ८ प्रतिशत र हिमालयन लघुवित्तको शेयर ७ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन आज अपर साङ्गे जलविद्युत् कम्पनीको शेयर १० प्रतिशत र मध्य सोलु जलविद्युत् कम्पनीको शेयर साढे ९ प्रतिशतले बढेको छ ।

About The Author

अन्य समाचारहरु: