काठमाण्डौ – चालु आर्थिक वर्षको चार महिनामा चार खर्ब ७७ अर्ब रुपैयाँभन्दा धेरै रेमिट्यान्स भित्रिएको छ ।
नेपाल राष्ट्र बैंकले आज बिहीवार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदनमा साउन, भदौ, असोज र कात्तिकमा रेमिट्यान्स आप्रवाह २४ दशमलव छ प्रतिशतले बढेर चार खर्ब ७७ अर्ब ९६ करोड रुपैयाँ पुगेको छ । गएको आर्थिक वर्षको पहिलो चार महिनामा रेमिट्यान्स २० दशमलव चार प्रतिशतले बढेको थियो ।
यस्तै अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह २३ दशमलव एक प्रतिशतले बढेर तीन अर्ब ६० करोड पुगेको छ ।अघिल्लो वर्ष अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह १० दशमलव आठ प्रतिशतले बढेको थियो ।
चार महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति ९संस्थागत तथा व्यक्तिगत–नयाँ० लिने नेपालीको सङ्ख्या एक लाख ३७ हजार चार सय ७५ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ६८ हजार आठ सय ४१ जना रहेको छ । अघिल्लो वर्षको यही अवधिमा यस्तो सङ्ख्या क्रमशः एक लाख ९६,सात सय ३५ र ८७ हजार चार सय २८ रहेको थियो ।