सकेसम्म कोही पनि आउन नपरोस भन्ने
तर पनि नआई स्वस्थ्य लाभ नहुने ।
म त हजुर अस्पताल , म त हजुर अस्पताल ।।
आएपछि फेरी हजुर सबैको सकुशल फर्कने चाहना
गर्दा–गर्दै कहिले–काहि मृत्युलाई टार्न नसक्ने
म त हजुर अस्पताल ,म त हजुर अस्पताल ।।
सबैको जन्मथलो बनु भन्ने मेरो कामना
बच्चा ,जवान अनि वृद्धाको रोग लाग्दाको साहारा
बिरामीले भन्दा पनि अघिनै मृत्युको आभाष गर्न सक्ने ।
मानव जन्मदेखि मृत्युसम्म सबैको साक्षी बन्ने
म त हजुर अस्पताल ,म त हजुर अस्पताल ।।
मलाई पनि त रहर छनि हजुर सबैलाई निको बनाउने !
तर पनि छिसिक्क तल माथि हुदाँ ,आखिर किन
मेरै संरक्षकको टाउको फोर्ने
अनि किन मलाई नै तोडफोड गर्ने ।।
पत्थर छोएर सुन बनाउछु भनेझैं
मेरा हरेक प्रयास पनि बिरामीकै हितका लागि बढेका छन् ।
तर पनि भाविको खेललाई नकार्न नसक्ने
खै त यस्ता कुरा यो समाजले बुझेका आखिरमा
म पनि त हजुर अस्पताल, म पनि त हजुर अस्पताल ।।
अरुलाई दशै–तिहार हजुर ,हप्ता–पन्ध्र दिन लाग्छ ।
मेरा डाक्टर नर्शलाई मुस्किलले एकछिनको
टिका लगाउने समय मिल्छ ।
फ्याट्ट ईमर्जेन्सी केस आउने हो कि ?
यहि भयले त्यो एकछिनको चाड पनि खल्लो बनाउछ ।
यस्तै रहेछ आफ्ना कर्मचारीलाई रात–दिन घर–परिवार,
चाडर्पव सबैको मह बिर्साउने ,अनि बिरामीको सेवामा तल्लिन बनाउने
म त हजुर अस्पताल, म त हजुर अस्पताल ।।
सेवा नै परम धर्म भन्दै ,सेवा नै परम धर्म भन्दै
संस्थाले तोकेको समय भन्दा धेरै घण्टा बिरामीकै सेवमा खट्ने ।
आफ्ना भोक, रोग अनि शोकलाई पाखा लागाउने
यस्ता नि.स्वार्थपनले भरिएका छन् मेरा कर्मचारी ।
तै पनि खै ? समाजले यिनिलाई दिएको
सम्मान चित्त बुझाउने ,सम्मान चित्त बुझाउने ।।
यस्तै कथा अनि व्यथा बोकेको ,म त हजुर अस्पताल
मलाई पनि मेरो संरक्षकलाई बुझ्न सके ।
पाउनु पर्ने माया र सम्मान दिनसके ,सबै भन्दा धेरै गर्व गर्ने
म त हजुर अस्पताल ।
म त हजुर अस्पताल ।।