Mon. Nov 25th, 2024

धादिङअस्पताललाई एक सय शैयाको बनाउछौ :मुख्यमन्त्री जम्कट्टेल

धादिङ -धादिङ अस्पताल एक सय शैयाको बनाईने बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बताएका छन् । अहिले भईरहेको ५० शैयालाई थप गरेर एक सय शैयाको अस्पताल बनाई मुख्मन्त्री जम्कट्टेलले बताएको हो । धादिङसँगै त्रिशुली, सिन्धुली लगायतका अस्पताललाई पनि एकसय शैया बनाईने उनले बताए ।

धादिङ अस्पताल ४७ औं वार्षिक उत्सवलाई सम्बोधन गर्दै मुख्य मन्त्री जम्कट्टेलले भने । एक सय शैयाको बनाउँदा प्रदेशलाई पर्ने आर्थिकभारहरु सबैलाई मध्यनजर गरेर धादिङ अस्पताललाई एक सय शैयाको बनाउने निर्णय गरिएको पनि मुख्यमन्त्री जम्कट्टेलले भने । ३ गते क्याबिनेटको बैठक बस्ने र त्यस पछि तत्कालै प्रक्रिया अघि बढ्ने बताए ।

पहिलेको भन्दा धादिङ अस्पतालको स्तरउन्नती आकास पातलको फरक भएको पनि उनको दाबी थियो । सिमित श्रोत साधनमा पनि गुणस्तरिय सेवा प्रदान गरेकोमा स्वास्थ्यकर्मी लगायत अस्पताल प्रशासनलाई धन्यवाद दिए । व्यवस्थापकिय पक्षमा गर्नुपर्ने सहयोग बागमती प्रदेश सरकार सदैव तयार रहेको पनि बताए । यस्तै विकास निर्माण र सिंगो देशको विकासको लागि संघिय संरचना आवश्यक रहेको बताए । पछिल्लो समय बजारमा संघिय व्यवस्थाको विषयमा नकरात्मक हल्लाहरु बाहिर आएको बताए । प्रदेशले के ग¥यो ? यो व्यवस्थाले के ग¥यो भन्नेहरुलाई यहि संघिय संरचनाले गरेकोविकासले जवाफ दिएकोे बताए । संघिय शासन प्रणाली नभएको भए धादिङ अस्पताल लगायत अन्य विकासका कामहरु यतिचाडो सम्भव नभएको बताए ।

बागमती प्रदेशका स्वस्थ्यमन्त्री उत्तम जोशिले स्वस्थ्य सेवालाई निशुल्क उपचारसम्बन्धी बहस गर्ने जाशिले बताए । प्रदेश सरकारबाट मुख्यमन्त्री जनतासंग कार्यक्रम कसरी गर्ने भन्ने कुरामा सरकार केन्द्रित छ ।स्वस्थ्य कार्यलय मार्फत नगरपलिका र स्थानिय तहहरुमा पनि कार्यक्रम लागु भएको छ ।
स्थानिय तहबाट आएको परिक्षण पनि प्रादेशिक अस्पतालले हेर्नुपर्ने स्वस्थ्यमन्त्री जोशिले बताए । उनले भने –‘ मुख्यमन्त्री जनतासंग कार्यक्रमले धादिङ अस्पतालको लागि मात्र ३२ लाख विनियोजन गरेको छ । ’

This image has an empty alt attribute; its file name is group-1024x683.jpg

असाहय, आर्थिक अवस्थाले कमजोर भएका बिरामीलाई स्थानिय तहको सिफारिसमा निशुल्क उपचार हुर्नुपर्छ । अस्पतालमा आएका बिरामीहरुलाई निशुल्क उपचार गर्नको लागि प्रशासनसंग आग्रह गरे । सरकारी अस्पतालमा कसैलाई भेदभाव हुदैन । सबै डाक्टरको भुमिका उतिकै हुने हुदाँ सबै डाक्टरहरुको तलब बराबरनै हुनुपर्ने स्वस्थ्य मन्त्री जोशिले बताए ।

About The Author

अन्य समाचारहरु: