काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा। गोविन्द केसीले चिकित्सा शिक्षा आयोगका निर्देशकहरु छनोटमा योग्यलाई पाखा लगाएर निजी संस्थामा काम गरिरहेका व्यक्तिलाई सर्टलिस्ट गरेको भन्दै आपत्ति जनाएका छन् ।
‘एउटै निजी संस्थामा अहिले नै काम गरिरहेका धेरै जनालाई जानाजान सर्टलिस्ट गरेको छ । यसमा हाम्रो गम्भीर आपत्ति छ’, केसीले सोमबार विज्ञप्ति मार्फत भनेका छन् । त्यसो नहोस् भनेर बारम्बार चेतावनी दिंदा पनि खुलेआम त्यसरी सर्टलिस्ट गरिनु गलत हो भन्दै केसीले आयोगका निर्देशकहरु नियुक्ति दलीय भागबन्डाको विषय बनाउन नहुने पनि बताएका छन् ।