काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ऋण लिएर गरेको व्यवसाय संकटमा परेका बेला बैंकहरुले ऋणीलाई सहयोग गर्नुपर्ने बताएका छन् ।
पार्टीको मध्यपहाडी लोकमार्ग यात्राका क्रममा आइतबार नुवाकोटमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले बैंकहरु निर्मम साहुजी र मिटरब्याजीजस्तो हुन नहुने बताएका हुन् ।
‘अहिलेको अवस्थामा ऋणको ब्याजलाई सिंगल डिजिटमा ल्याउनुपर्छ । रिस्टक्चरिङ गर्नुपर्छ । अलिकति म्याद थप गरेर उद्यम व्यवसायहरू अफ्ठ्यारोमा परेको बेलामा सहयोग गर्नुपर्छ’, ओलीले भने, कहिले कहिले व्यवसाय डुब्न लाग्यो भने सहायता गरेर त्यसलाई थप ऋण दिएर उठाउने र आफ्नो ऋण लिने गर्नुपर्छ ।