Tue. Nov 26th, 2024

सडक सञ्जाल व्यवस्थित नभएकै कारण उत्तरी धादिङका किसानहरु समस्यामा

रिता कुमारी मगर (चिनो सारु)
धादिङ –उत्तरी धादिङका किसानहरुले विभिन्न फलफुल तथा तरकारी उत्पादन गर्छन । तर किसानहरुले उत्पादन गरेको कृषि उपजले बजार पाउन भने मुस्किल छ । बजार नजिक नहुदा उत्तरी धादिङका अधिकांश किसानहरुले उत्पादन गरेका कृषि उपजहरुले बजार नपाउँदा किसानहरु समस्यामा छन् ।


किसानहरुले साग, फर्सि, आलु, काँक्रो जस्ता अन्य मौसमी तथा बेमौसमी तरकारी तथा फलफुल उत्पादन गर्ने भएपनि धेरैजसो बारीमै कुहिएर जान्छ । स्थानिय किसानले उत्पादन गरेका तरकारी तथा फलफुल विक्री गर्नका लागि सदरमुकाम धादिङबेसीसम्म ल्याउनु पर्ने बाध्यता छ । नजिक बजार नहुँदा र चिस्यान केन्द्रको व्यवस्था नहुँदा कृषि उपज खेर जाने अवस्था बनेको हो ।
बर्खाको समयमा सदरमुकामसम्म आईपुग्न समस्या त छदैछ । हिउदाको समयमा पनि निकै कठिन छ । उत्तरी भेगमा उत्पादन हुने तरकारी, फलफुल सडक सञ्जाल सहज नहुदा उत्तरी धादिङका अधिकांश किसानहरु मर्कामा छन् ।


धादिङको खनियावास गाँउपालिका–२ झार्लाङका श्रिलाल तामाङ अन्नबाली संगै लगाएको काँक्रोलाई बेच्नको लागि खच्चडको सहायताले सदरमुकाम सम्म ल्याउने गरेका छन् । आफुले मात्र खानको लागि भनेर लगाएको काँक्रो उत्पादन बढि भएपछि बजार सम्म बिक्रिका लागि ल्याएका तामाङले खच्चडमा ल्याउँदा सोचे जति दाम हात परेन । सडकको राम्रो सुविधा नहुदा उनले काँक्रो २ सय के.जि ४ ओटा खच्चडको सहायताले बजारसम्म ल्याएका थिए बर्खाको समयमा सडक सञ्जाल राम्रो भएको भए राम्रै आम्दानी हुने रहेछ–तामाङले भने । तामाङले खेतमा गँहु ,धान र बारीमा मकै, कोदो लगाउने गरेका छन् ।


श्रीलाल तामाङलाई मात्रै होईन रुविभ्याली–२ तिप्लीङका अर्का स्थानिय आमोश थापा तामाङलाई पनि सडक सञ्जालकै पिरलो छ । आमोशले १६ रोपानीमा २ सय किबी लगाएका छन । तामाङले किवी लगाएको २ बर्ष भयो । किवी फल्न अझैै ३ बर्ष लाग्छ । बजार टाढा छ । सडक सञ्जाल व्यवस्थित नहुँदा लगाएको किवी समयमा बजार पु¥याउन नसक्ने होकि भन्ने चिन्ता लाग्छ । यसको बजार पाउनको लागि रसुवामा लानुपर्ने या धादिङबेसी सदरमुकाम सम्म ल्याउनु पर्छ तामाङले भने–‘अरु फलफुल तथा तरकारी लगाउदा पनि समयमा बजार नपाउदा यहाँका स्थानियहरु मर्कामा छन् ।’ कृषि ज्ञान केन्द्रबाट ५० प्रतिशत अनुदान लिएर ५० प्रतिशत आफुले खर्च गरेको तामाङले बताए ।


उत्तरी धादिङका किसानहरुलाई सडक सञ्जाल व्यवस्थित नहुँदा वर्षेनी लाखौंको कृषि उपज बारीमै कुहिएर गईरहेको छ । स्थानिय निकायले यसतर्फ ध्यान दिन सके स्थानियहरुको आर्थिक अवस्था सुधार हुने देखिन्छ ।

About The Author

अन्य समाचारहरु: