Mon. Nov 25th, 2024

त्रिभुवन विश्वविद्यालयमा प्रमाणपत्र लिन सास्ती


काठमाडौं -आइतबार दिउँसो साढे २ बजे परीक्षा नियन्त्रण कार्यालय, बल्खुको गेटमा भेटिएका दिनेश कार्की स्नातक तहको ट्रान्सक्रिप्ट निकाल्नका लागि हतारिंदै फारम भर्न आइपुगेका थिए ।

ट्रान्सक्रिप्ट लिनका लागि दस्तुर बुझाउने बैंक काउन्टर ३ बजे बन्द हुने सुनेका उनले हतारकै बीच भने, ‘कम्तीमा अनलाइनबाट काम हुने भए यति सास्ती त हुँदैनथ्यो ’
त्रिभुवन विश्वविद्यालयबाट स्नातक, स्नातकोत्तर पास गरेका देशभरका विद्यार्थीले ट्रान्सक्रिप्ट, प्रोभिजनल, माइग्रेसन, रजिष्ट्रेशन कार्ड लगायत प्रमाणपत्र लिन काठमाडौंको बल्खुस्थित परीक्षा नियन्त्रण कार्यालयमै पुग्नुपर्छ । बैंकमा रकम बुझाउन सम्बन्धित कामका लागि भरेको फारम पनि भौचरसँगै बुझाउनुपर्छ । त्यसपछि उक्त फारम र बैंकमा रकम जम्मा गरेको भौचर तोकिएको कोठा नम्बरमा बुझाउनुपर्छ ।

सम्बन्धित प्रमाणपत्रको लागि फारम भर्न, बुझाउन, बैंकमा दस्तुर बुझाउन पटक–पटक लाइन लाग्नुपर्छ । त्यसपछि प्रमाणपत्र पाउन एक हप्तादेखि १५ दिनसम्म पर्खनुपर्छ । त्रिविको यस्तो झञ्झटिलो प्रक्रियाका कारण विद्यार्थीले सास्ती भोगिरहेको बताउँछन् ।

About The Author

अन्य समाचारहरु: