काठमाडौ – साँघु साप्ताहिकका प्रधान सम्पादक एवं नेपाल पत्रकार महासंघका पुर्व उपाध्यक्ष गोपाल बुढाथोकीको घरमा प्रहरीले छापा मारेको छ । केही दिनअघि साँघु साप्ताहिकमा आएको समाचारप्रति असन्तुष्ट बनेका रिपब्लिका दैनिकका सम्पादक सुवास घिमिरेले महानगरीय प्रहरी परिसर टेकुमा जाहेरी दिएपछि प्रहरीले उनको घरमा छापा मारेको हो ।
घिमिरेको चरित्र हत्या गर्ने समाचार साँघु साप्ताहिकमा छापिएपछि त्यो समाचार ुविक्ली नेपाल डट कमुमा पनि प्रकाशित भएको थियो । त्यसैलाई टेकेर रिपब्लिक मिडिया हाउसका तर्फबाट कानुन ब्यावसायी अञ्जन दाहालले उजुरी दर्ता गरेका थिए । उजुरी परेपछि प्रहरी बुढाथोकीलाई पक्राउ गर्न गएको होु महानगरीय प्रहरी परिसर काठमाडौंका एक प्रहरी अधिकारीले भने, हाम्रो प्रहरी बुढाथोकीको फोटो लिएर गएका थिए, तर प्रहरी घर पुग्नु अगावै उनी भागिसकेका रहेछन ।
प्रहरीले उनको खोजी गरिरहेको बताएको छ । नेपाल पत्रकार महासंघ र प्रेस काउन्सिलले सम्पादक बुढाथोकीको घरमा प्रहरीले छापा मारेको बिषयमा गंभिर ध्यानाकर्षण भएको जनाएका छन् । प्रेस काउन्सिलले समाचार सामग्रीको बिषयलाई लिएर बुढाथोकीलाई पक्राउ र घर खानतलासीको भत्सर्ना गरेको जनाएको छ ।
महासंघ र प्रेस काउन्सिलले समाचारमा आपत्ति भए पत्रकार आचार संहिताअन्तर्गत रहेर प्रेस काउन्सिलमा उजुरी दिने र दोषी भए कारबाही गर्ने स्पष्ट ब्यवस्था रहेको भन्दै प्रहरीले क्षेत्राधिकार मिचेर पक्राउ गर्न खोजेकोमा आपत्ति जनाएका छन् ।
नेपाल पत्रकार महासंघका अध्यक्ष महेन्द्र बिष्टले साँघु साप्ताहिकमा छापिएको समाचारलाई बिद्युतीय कारोबार ऐन आकषिर्त गरी बुढाथोकीलाई गैरकानुनी रूपमा पक्राउ गर्न खोेजिएको बताए । उनले असम्बन्धित कानुन आकषिर्त गरी पत्रकारलाई हतोत्साही गर्न खोजिएको भन्दै आपत्ति प्रकट गरे । समाचार आएको विषयमा चित्त नबुझे प्रेस काउन्सिल र अदालतमा गएर न्याय खोजिनुपर्ने उनले उल्लेख गरे ।