काठमाडौं – नेपाल अन्तर्राष्ट्रिय महिला चलचित्र महोत्सव सम्पन्न शनिबार सम्पन्न भएको छ । चलचित्र विकास बोर्डको हलमा भएको महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फिल्म निर्माता सहभागी थिए ।
शनिबार दिनभर चलेको महोत्सवको उद्घाटन संघीय संसदकी उपसभामुख इन्दिरा राना मगरले गरेकी थिइन् । समापन सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले गरेकी थिइन् ।
लघु फिल्म प्रतिस्पर्धाका विजेतालाई मन्त्री शर्माले पुरस्कार प्रदान गरिन् । महिलाद्वारा निर्देशित तीनदेखि १५ मिनेट लामा फिल्म सहभागी फेस्टिभलमा अनुष्का अर्याल निर्देशित ‘सङ्कुल’ पहिलो भयो । अनिता स्याङ्बो निर्देशित ‘वर्थ’, श्रेयन राजभण्डारी निर्देशित ‘अक्वारियम’, पुनम पौडेल निर्देशित ‘लिभिङ विथ डिग्निटी’ र सरिता शाह निर्देशित ’नोटबुक’ले विशेष लघु फिल्मतर्फ पुरस्कार जिते ।
डेलिगेट्सको रूपमा भारतीय फिल्ममेकर आराधना कोहली कपुर, बंगलादेशकी सुमी खान, तान्जानियाकी मारियम मोहम्मद हमादी, किर्गिस्तानकी जाम्बी जुजुबालिविभा, आइर्वाट नेपाली संस्थापक बन्दना राणा, पूर्वअध्यक्ष अनुपा श्रेष्ठ, नेपाली फिल्ममेकर प्रसुना डंगोल लगायत उपस्थित थिए । डेलिगेटबीच प्यानल छलफल भएको थियो ।
महोत्सवमा नेपाली र विदेशी गरी १३ फिल्म स्क्रिनिङ गरियो । कम्बोडियाको ‘सेक्रेट किलर’, ट्युनिसियाको ‘द नाइट अफ
काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय महिला चलचित्र महोत्सव सम्पन्न शनिबार सम्पन्न भएको छ । चलचित्र विकास बोर्डको हलमा भएको महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फिल्म निर्माता सहभागी थिए ।