
काठमाण्डौ –भारत र अस्ट्रेलियाबीचको दोस्रो टी–२० खेल आज हुँदैछ । यो खेल तिरुवनन्तपुरममा नेपाली समय अनुसार बेलुका सवा ७ बजे शुरु हुनेछ ।
भारतले बिहीवार भएको पहिलो खेलमा अस्ट्रेलियालाई २ विकेटले हराउँदै पाँच खेलको शृङ्खलामा १–० को अग्रता बनाएको छ ।
दुई देशबीचको तेस्रो खेल पर्सि मङ्गलवार, चौथो खेल शुक्रवार र पाँचौँ तथा अन्तिम खेल आइतवार हुनेछ । गएको आइतवार अस्ट्रेलियाले भारतलाई हराउँदै कीर्तिमानी छैटौँ पटक एकदिवसीय विश्व कप क्रिकेटको उपाधि जितेको थियो ।