
नेपाली समाजमा तिहारलाई उज्यालाको पर्व, फूलहरुको पर्व पनि भन्ने गरिन्छ । तिहारमा बत्ती, रङ तथा फूलको विशेष महत्व हुन्छ । यस पर्वमा यस्ता सामग्रीले घर सजाउने गरिन्छ । त्यो मध्ये तिहारको मुख्य विषेशता साथै आकर्षणको पक्ष हो ‘रङ्गोली’ ।
रङ्गोली बनाएर पनि तिहारको उत्सव मनाइन्छ । नेपालको तराई क्षेत्रमा भने घर सजाउन तथा उत्सव मनाउन प्राचीन समयदेखि नै रङ्गोली बनाउने परम्परा छ । अहिले पहाड तथा हिमाली क्षेत्रमा पनि लोकप्रिय बन्दै गएको छ रङ्गोली । पहिले–पहिले घरको ढोकामा चामल, पीठोले रङ्गोली बनाउने गरिन्थ्यो ।
समयसँगै रङ्गोली बनाउने कला तथा सामग्रीमा परिवर्तन हुँदै गएको छ । रङ्गोलीलाई एकदमै शुभ मानिन्छ । देवी महालक्ष्मीलाई घरमा आमन्त्रण गर्न रङ्गोली बनाउने गरिएको सामाजिक मान्यता छ । भलै रङ्गोली हाम्रो छिमेकी राष्ट्र भारतबाट भित्रिएको संस्कृति हो तर, आजभोलि नेपालीहरुले पनि यसलाई खुब चाख देखाएर बनाउँछन् । यस वर्ष धादिङबेसीमा देखिएका केही उत्कृष्ट रङ्गोली हेरौं ।









