Tue. Nov 26th, 2024

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकमाथि गम्भीर छानबिन

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजनामा भएको घोटाला प्रकरणमा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीमाथि गम्भीर रुपमा छानबिन थालेको छ । विमानस्थल निर्माणका क्रममा अधिकारीले नै १२ अर्बबाट लागत बढाएर दोब्बर बनाएको आरोपमा उनीमाथि थप अनुसन्धान शुरु भएको हो ।

अख्तियारले दशैँलगत्तै १२ र १३ गते पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजनामा छापा मारेको थियो । विमानस्थल निर्माणमा गुणस्तरहीन काम भएको र कमिसन लिएको भन्दै २० वटाभन्दा धेरै उजुरी आयोगमा परेपछि कागजात नियन्त्रणमा लिइएको अख्तियारले दाबी गरेको छ ।

अख्तियारले विमानस्थल निर्माण आयोजनामा काम गर्ने कर्मचारीको बैंकखाता पनि रोक्का राखेको छ । विमानस्थल आयोजना कार्यालयले अख्तियारको टोली पोखरा पठाएको थियो । पोखरा विमानस्थलमा गुणस्तरहीन सामग्री प्रयोग गरी निर्माण गरेको त छँदैछ, टेण्डर प्रक्रियादेखि सेटिङ गरी राज्यलाई अरबौं नोक्सान पारेको बिषयमा पनि अख्तियारले अनुसन्धान शुरु गरेको छ ।

१२ अर्ब रुपैयाँमा निर्माण सम्पन्न हुनेगरी स्टीमेट गरिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको लागत बढाएर दोब्बर बनाएको भन्दै अख्तियारमा उजुरी परेको थियो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाका प्रमुख नेपाल नागरिक उड्डयन प्राधिकरणका वर्तमान महानिर्देशक प्रदीप अधिकारी नै थिए ।

अधिकारीले नै १२ अर्बबाट लागत बढाएर दोब्बर बनाएका हुन् । जुनसुकै पार्टीका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीलाई प्रभावमा पार्न सफल हुँदैआएका अधिकारीले सबैतिर सेटिङ गरी पोखरा विमानस्थलको लागत बढाएको स्रोतको दाबी छ ।

About The Author

अन्य समाचारहरु: