Wed. Nov 27th, 2024

जलारीको कुरा उठाएर सरकार सुन भित्र्याउने चक्करमा लागेको छ : प्रदीप ज्ञावाली

धादिङ- नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले सरकार त्रिभुवन विमानस्थलबाट क्वीन्टलका क्वीन्टल सुन भित्र ल्याउने चक्करमा लागेको आरोप लगाएको छ ।

नेकपा एमालेले पुष्पलाल मध्य पहाडी लोकमार्गको बाटो हुँदै सोमबार धादिङबेसी आइपुगेका ज्ञावालीले जलारी कुरा उठाएर सुन तस्करीमा लागेको आरोप लगाएको हो । ललिता निवास जग्गा छानविन गर्दै जाँदा माधव नेपाल र बाबुराम भट्टराइ परेपछि रोकिएको पनि ज्ञवालीले बताए।

एमाले सरकारको बेला निर्माण सुरु गरेको पुष्पलाल मध्यपहाडी लोकमार्ग र यसले पारेको आर्थिक, सामाजिक र राजनितिक प्रभावबारे अध्यायन गरि विकासको रणनीति बनाउन मध्यपहाडी लोमार्गमा विशेष जागरण अभियमान संचालन गर्न लागेको हो ।

पार्टी स्थापना ७५ वर्षको अबसर पारेर झुलाघाटदेखि चुवा झन्ज्यासम्म मंसिरको दोश्रो साताबाट सुरु गरिने अभियानमा यस क्षेत्रको भौगोलक अवस्था जनताले यसबाट कृषि पर्यटन, आदी क्षेत्रमा लिएको फाइदा र अबको विकास रणनिति बनाउन अभियान संचालन गर्न लागेको हो ।

दुरगामी महत्वको योजना मध्यपहाडी लोकार्गका १० नयाँ शहर बसाउने, उत्पादनसंग जनतालाई जोडाउने कुरा उठाएर सुरु गरेको थियो ।

विकास गाउँतिर पसिरहेको बेला मानिस देश छाडेर विदेश जाने लहर चुनौतिपूर्ण छ । यसलाई रोक्न पनि एमालेले काम गर्ने उनको भनाइ छ ।

विकास र बसाइ सराइको जिवचमा ग्याप भएको छ । उत्पादन वृद्धि गरेर, विकासको अवस्थामा गाउँमा किन बस्न सकेन भनेर पहाडका मानिसहरुसंग पत्यक्ष भेटेर निति बनाउन सकिनेगरि अभियान सुरु गर्न लागिएको र नेकपा एमाले अध्यक्ष केपि शर्मा ओली सहितको एमालेको केन्द्रीय टोली अभियानमा सहभागि हुने ज्ञावालीको भनाइ छ ।

जिल्ला जिल्लामा सभा गर्ने, जनताको प्रगति र उत्पादन तथा विकास आयोजनाहरु अवलोकन गर्ने, जनताको समस्याबारे टोलटोलमा छलफल गर्ने योजना रहेकोले पध्य पहाडी राजमार्ग क्षेत्रका जनतालाई सहभागि गराउन एमाले जिल्ला तहलाई तयारी गर्न समेत निर्देशन गरिएको छ ।

तराइ मधेश फाष्ट ट्रयाकको भ्रमण गरेर तत्कालिन अवस्थामा एमालेले राष्ट्रिय निति बनाउन योगदान गरेको बताउँदै ज्ञावालीले बहुआयामिक संकट देशमा आएको बताए।

About The Author

अन्य समाचारहरु: