Fri. Mar 7th, 2025

गोली लागि सशस्त्र प्रहरीका हबल्दार घाइते

apf_constable_injured_by_bulet_318140479

परासी – नवलपरासीमा सोमबार आफ्नै बन्दुकको गोली लागेर एक सशस्त्र सहायक हवल्दार घाइते भएका छन् ।

सीमा सुरक्षा बल बेलासपुरमा कार्यरत सहायक हवल्दार काशीनाथ कुमाल आफ्नै बन्दुकको गोली लागेर घाइते भएका हुन् ।

नवलपरासीको बेलासपुरमा बन्द आह्वानकर्ता र प्रहरीबीचको झडपका क्रममा सुरक्षार्थ खटिएका कुमालको खुट्टा चिप्लिँदा बन्दुकको गोली उनको खुट्टामा लागेको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले जानकारी दिए।

घाइते कुमालको अहिले भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको छ । नवलपरासी थरुहट सङ्घर्ष समिति र मधेसी मोर्चाको बन्द आह्वानका कारण आज पनि बन्द छ ।

नवलपरासीको बेलासपुर, तिलकपुरलगायतका विभिन्न स्थानमा आज पटक पटक प्रहरी र बन्द आह्वानकर्ताबीच झडप भएका छन् । रासस

About The Author

अन्य समाचारहरु: