Tue. Nov 26th, 2024

भूकम्प प्रभावितका लागि लुम्बिनी सरकारले डेढ करोड सहयोग गर्ने

बुटवल – लुम्बिनी प्रदेश सरकारले भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिमका लागि डेढ करोड रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ ।

शनिबार तुलसीपुरमा बसेको प्रदेश सरकार मन्त्रिपरिषद्‍को बैठकले डेढ करोड सहयोग गर्ने निणर्य गरेको प्रदेश सरकारका अर्थमन्त्री धनबहादुर मास्कीले जानकारी दिए ।

उक्त रकम प्रदेश विपद् कोषबाट निकासा गरी कर्णाली प्रदेश सरकारलाई दिइने छ ।

साथै लुम्बिनी प्रदेश सरकारले प्रभावित जिल्लामा उद्धारका लागि गृहमन्त्री सन्तोष पाण्डेको नेतृत्वमा उद्धारकर्ताको एक टोली पठाउने निणर्य समेत गरेको छ ।

About The Author

अन्य समाचारहरु: