Wed. Jan 29th, 2025

संभवत म प्रधानमन्त्री नभएसम्म बुढीगण्डकी आयोजना बन्दैन :अध्यक्ष ओली


धादिङ –नेकपा एमालेका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेको नेतृत्वमा मात्रै बुढीगण्डकी जलविद्युत आयोजनाको काम अघि बढ्ने बताएको छ ।

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका-२ मा आयोजित प्रथम सल्यानटार कृषि प्रदर्शनी तथा व्यापार मेलाको उद्घाटन गर्दै ओलीले भने-संभवत म प्रधानमन्त्री नभएसम्म बुढीगण्डकी आयोजना बन्दैन होला, सायद । म प्रधानमन्त्री बनिन भने पनि जब नेकपा एमाले सरकारमा जान्छ तब बुढीगण्डकी आयोजना बनाउँछ ।

अहिलेको सरकारले बुढीगण्डकी आयोजनालाई चासो नदिएको ओलीले बताए । आफु प्रधानमन्त्रीबाट हटेपछि बुढिगण्डकि जलविद्युत परियोजनाको अघि बढेको काम रोकिएको बताए । म प्रधानमन्त्री हुँदा बुढीगण्डकीलाई अगाडि बढाउने निर्णय गरेर सुरु गरिसकेको थिए । अब फेरी म प्रधानमन्त्री नबनेपनि नेकपा एमालेले सरकारको नेतृत्व नपाएसम्म बुढीगण्डकी बन्दैन । अहिलेको सरकारले यो काम गर्न सक्दैन ओलीले भने ।अहिलेको सरकारले अरुको मुख मात्रै ताकेर बसेको छ ।

त्रिपूरा सुन्दरी आफैमा पवित्र पर्यटकीय गन्तव्य भएकोले यस ठाउँको विकासमा एमालेले ध्यान दिइरहेको बताउदै ओलीले सम्बृद्द नेपाल सुखी नेपालीको परिकल्पना पूरा गर्न सबै दलमा सामाजिक सद्भाव हुनु जरुरी रहेको बताए ।

कात्तिक १७ गते देखि २७ गतेसम्म सल्यानटारमा हुने मेला हामी सवैको कृषि तथा बहुउदेश्यीय सहकारी संस्था लि.को आयोजनामा पहिलो पटक सल्यानटारमा कृषि प्रदर्शनी तथा ब्यापार मेला सुरु भएको हो । मेलामा ९० स्टलहरु रहेको छ । ५० हजारले अवलोकन गर्ने र १० करोडको कारोबार हुने आयोजक समितिका संयोजक लक्ष्मी किशोर श्रेष्ठले जानकारी दिए ।

मेलाको आकर्षको रुपमा स्थानीय उत्पादन, सल्यानटारको मास, झुसे, तिल, घैया लगायतका प्रदर्शनी र विक्रि गरिने छ । कृषिमा अत्याधुनिक प्रविधि धान रोप्ने, बाली काट्ने, गोड्ने, बेलर मेशिन, थोपा सिचाई, हाइडूोपोनिक्स, मौरी पालन, जैबिक मल आदीको प्रदर्शनी, कृषि डिजिटाइजेसनको लागि जियो कृषि एपको बारेमा कृषकलाई जानकारी तथा प्रर्दशनी रहेको छ ।

तस्बिर : शंकर श्रेष्ठ \ रासस

About The Author

अन्य समाचारहरु: