काठमाडौं – सरकारले संसद्को चालू अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले संसद् अधिवेशन अन्त्य गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
शीर्ष नेताहरुले सम्बोधन गरेपछि संसद्को चालु अधिवेशन आज मध्यरातिदेखि अन्त्य हुनेछ । संसद्को आह्वान र अन्त्य सरकारको सिफारिसमा राष्ट्रपतिले गर्ने व्यवस्था छ । अधिवेशन अन्त्य हुने भएपछि संक्रमणकालीन न्यायसम्बन्धी विधेयक भने अलपत्र पर्ने भएको छ ।
संक्रमणकालीन न्यायका विषयमा दलहरु सहमति नजिक पुगेका बताइएको थियो । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले हालै नेपाल भ्रमणका क्रममा भएका हरेक राजनीतिक भेट र सार्वजनिक कार्यक्रममा द्वन्द्व पीडितलाई केन्द्रमा राखेर संक्रमणकालीन न्यायलाई टुंगोमा पु¥याइनुपर्नेमा जोड दिएका थिए । शीर्ष नेताहरुले पनि गुटेरेसलाई यसप्रति आश्वस्त पार्ने काम गरेका थिए ।