Wed. Nov 27th, 2024

गुटेरेसले नेपालबारे राम्रो मूल्याङ्कन गरेको अध्यक्ष ओलीको दाबी

काठमाण्डौ – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले सङ्घीय संसद्लाई गरेको सम्बोधन धेरै राम्रो रहेको प्रतिक्रिया दिए।

आज मङ्गलवार महासचिव गुटेरेसले सङ्घीय संसद्लाई सम्बोधन गरेलगत्तै अध्यक्ष ओलीले सञ्चारकर्मीमाझ यस्तो प्रतिक्रिया दिनुभएको हो । उनले संसदमा गरेको सम्बोधनका लागि महासचिव गुटेरेसलाई धन्यवाद दिए। उनले महासचिव गुटेरेसले नेपालबारे राम्रो मूल्याङ्कन गरेको धारणा राखे ।

उनले भने , ‘संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले केही महत्त्वपूर्ण विषयहरू प्रकाश पारेको छ । उहाँले वातावरण, गरिबी निवारणका साथै शान्ति प्रक्रियालाई टुङ्ग्याउने बारेमा प्रकाश पारेको छ । उनले नेपालको राम्रो मूल्याङ्कन गरेको छ । गरिब देशलाई सम्पन्न देशले सहयोग, समर्थन गर्नुपर्छ भने ।

About The Author

अन्य समाचारहरु: