Mon. Nov 25th, 2024

सोमबार धादिङमा १७ जनामा स्क्रब टाईफस संक्रमण पुष्टि

धादिङ-धादिङमा स्क्रब टाईफस संक्रमित संख्या १७ जनामा पुष्टि भएको छ । सोमबार नीलकण्ठ नगरपालिकाको १२ जना र सिद्धलेकको गाउँपालिकाको ४ जनामा पुष्टि भएको हो ।

स्वस्थ्य कार्यलय धादिङका अनुसार हालसम्म सबैभन्दा बढि नीलकण्ठ नगरपालिकाको १ सय ५० जनामा पुष्टि भइसकेको छ । थाँक्रे गाउँपालिकाको १ जना ,गल्छीको ६ ,गजुरीको ४, बेनिघाट रोराङको १, सिद्धलेकको १२, ज्वालामुखीको ४६, त्रिपुसरासुन्दरीको २,नेत्रवती डबजोङको २ जना, खनियाबासको १, रुबिभ्याली १ जनामा पुष्टि भएको जिल्ला तथ्यंकले देखाएको छ ।

स्क्रब टाईफस एक प्रकारको सरुवा रोग हो । जुन मुसामा लाग्ने किर्नाजस्तो देखिने किराको टोकाईबाट मानिसहरुमा सर्छ । स्वस्थ्य कार्यलयका अनुसार यस रोगबाट बच्नको लागि खेतबारीमा वा जङगलमा जाँदा शरिर ढाक्ने कपडा लागउने ,मुसाको वृद्धि विकास नहुने वातवरणको सृजना गर्नका लागि आग्रह गरेका छन् ।

जिल्लामा हालसम्म २ सय ३३ जनामा स्क्रब टाईफस संक्रमण पुष्टि भएको भईसकेको छ । महिला १ सय ४५ जना र परुष ८८ जनामा संक्रमण पुष्टि भएको स्वस्थ्य कार्यलय धादिङको तथ्यंकले देखाएको छ ।

About The Author

अन्य समाचारहरु: