Wed. Mar 12th, 2025

छायाँदेवी चेतनाथ गजल पुरस्कार बोई र मफलर लाई

काठमाण्डौ –छायाँदेवी चेतनाथ गजल पुरस्कार २०७८ र २०७९ को विजेता कृतिहरुको नाम सार्वजनिक भएको छ ।

पुरस्कार २०७८ का लागि वसन्त ओली वसन्तीको गजल सङ्ग्रह बोई र २०७९ का लागि प्रदीप रोदनको गजल सङ्ग्रह मफलरु लाई प्रदान गर्न लागिएको छ । दश हजार रुपैयाँ नगदसहित सम्मानपत्र प्रदान गरिने यो पुरस्कार आउँदो कात्तिक २५ गते शनिवार काठमाण्डौमा एक समारोहबीच प्रदान गरिनेछ ।

साहित्यकार जेसागरले २०७४ सालमा आफ्नो गजल कृति ुयत्ति भए पुग्छु विमोचन समारोहमा आफ्ना मातापिताको नाममा स्थापना गरेको पुरस्कार २०७४ सालदेखि नियमित प्रदान गरिँदै आएको थियो । विशेष कारणवश २०७८ सालमा प्रदान हुन नसकेको कारण यो वर्ष २०७८ र २०७९ को लागि एकैपटक प्रदान गर्न लागिएको हो ।

About The Author

अन्य समाचारहरु: