
काठमाडौं – बलिउड अभिनेता अनिल कपुरले आगामी फिल्म ‘एनिमल’मा रणवीर कपुरको ६५ वर्षीय पिताको भूमिका निर्वाह गरिरहेका छन् । ‘फाइटर’मा चाहिं उनी ४५ वर्षीय भारतीय वायुसेना अफिसरको भूमिकामा छन् ।
यी दुवै चरित्रले भिन्न लुक्स र शारीरिक आकारको माग गर्छन् । जसका लागि ६६ वर्षीय अभिनेताले अनिल कपुर गम्भीर शारीरिक ट्रान्सफर्मेसनबाट गुज्रिएका छन् ।
यो पोस्टमा कमेन्ट गर्दा अनिलकी छोरी सोनम कपुर, सुनील शेट्टी र निर्देशक फराह खानले पनि अनिलको समर्पणको तारिफ गरेका छन् । तर अनिलले यस्तो मोटिभेसनल पोस्ट सेयर गरेको यो पहिलो पटक भने होइन । अभिनेता प्रायः आफ्नो कसरतको दिनचर्या आफ्ना प्रशंसकसँग सेयर गर्छन् ।
अनिल हालै एउटा विज्ञापनमा मिस्टर इण्डियाको लुकमा देखिएका छन् । जहाँ उनी ३६ वर्षअघि रिलिज भएको फिल्ममा जस्तै देखिएका छन् । यो विज्ञापन रिलिज भएपछि फ्यानले उनको हिट फिल्म ‘मिस्टर इण्डिया’को सिक्वेलको पनि माग गरेका छन् ।