इजरायली सेनाले हमासको हवाई आक्रमणको नेतृत्व गर्ने कमान्डर असिम अबु रकाबा मारिएको दाबी गरेको छ ।
हमासका वायु सेना प्रमुख असिमले गएको अक्टोबर ७ मा आक्रमण गर्नेहरूलाई निर्देशन दिएको इजरायलको दाबी छ । उनकै निर्देशनमा हमासका प्याराग्लाइडरहरू इजरायल पसेका थिए । यी कमान्डर इजरायली सेनाको पोस्टमा ड्रोन आक्रमणमा पनि संलग्न रहेको बताइएको छ ।
इजरायली रक्षा बलले सामाजिक सञ्जालमा लेखेको छ, ‘गएको रातको लडाइँका क्रममा आईडीएफको लडाकु विमानले हमासलाई हवाई आक्रमणको निर्देशन दिने असिम अबु रकाबामाथि आक्रमण गरी मारेको छ ।’ ‘अबु रकाबा हमासको यूएभी, ड्रोन, प्याराग्लाइडर, एरियल डिटेक्शन र रक्षाका लागि जिम्मेवार थिए’, इजरायली रक्षा बलको पोस्टमा भनिएको छ ।