Fri. Mar 14th, 2025

नेपालले इजरायल(हमास युद्ध रोक्ने पक्षमा मत

काठमाडौँ – नेपालले इजरायल(हमास युद्ध रोक्ने पक्षमा मतदान गरेको छ । नेपालले संयुक्त राष्ट्रसङ्घको महासभाले पारित गरेको इजरायल(हमास युद्ध रोक्ने प्रस्तावको पक्षमा मतदान गरेको हो ।

संयुक्त राष्ट्रसङ्घको महासभाले गाजामा तत्काल युद्ध विरामको माग गर्दै प्रस्ताव पारित गरेको हो । युद्ध विरामको पक्षमा नेपालसहित १ सय २० देश र विपक्षमा १४ देशले गरेका छन् ।

४५ देश मतदानमा सहभागी भएनन् । बैठकबाट युद्ध विराम गर्ने प्रस्ताव पारित भए पनि इजरायलले भने अस्वीकार गरेको छ ।

About The Author

अन्य समाचारहरु: