Thu. Mar 13th, 2025

अमेरिकामा गोलीकाण्ड : मारिनेको सङ्ख्या २२ पुग्यो, आक्रमणकारी अझै फरार

मेइन । अमेरिकाको मेइनमा एक व्यक्तिले अन्धाधुन्ध गोलाबारी गर्दा मृत्यु हुनेको सङ्ख्या २२ पुगेको छ । घटनामा ६० जनाभन्दा घाइते भएका छन् ।

लेविस्टनमा स्थानीय समयअनुसार साँझ ७ बजेबाट गोलाबारी सुरु भएको थियो । कम्तीमा तीन ठाउँमा गोलाबारी भएको बताइएको छ । सबैभन्दा पहिले बालबालिकाको कार्यक्रम आयोजना भइरहेको एक बलिङ एलीमा गोली प्रहार गरिएको रिपोर्ट प्रहरी कहाँ पुगेको थियो ।

त्यसको लगत्तै एउटा बार एन्ड ग्रिलमा गोली चलेको खबर आएको थियो । त्यस्तै वालमार्ट डिस्ट्रब्युसन सेन्टरमा ८ बजेपछि गोली चलेको खबर आएको थियो । त्यसपछि ९ बजे गोलाबारीको अर्को घटना रिपोर्ट गरिएको थियो ।

सिटी काउन्सिलर रोबर्ट म्याकार्थीले मृत्यु हुनेको सङ्ख्या १६ बाट बढेर २२ पुगेको जानकारी दिए । प्रहरी अधिकारीहरूले मानिसहरूलाई घरभित्र बस्न र ढोका लगाउन आग्रह गरेका छन् । लेविस्टनमा करिब ३९ हजार मानिसको बसोबास रहेको छ ।

About The Author

अन्य समाचारहरु: