
इजरायल र हमासबीच जारी लडाइँ रोक्न अन्तर्राष्ट्रिय माग बढ्दै गएको छ।
गाजामा फसेका मानिसहरूलाई राहत सामग्री पुर्याउन सकियोस् भनेर उक्त युद्ध अन्त्यको माग गरिएको हो।
यही अक्टोबर ७ मा आफूलाई हमासले आक्रमण गरेपछि इजरायलले गाजामा लगातार बमबारी गरिरहेको छ। गाजामा हमासको सत्ता छ।
गाजामा बिजुली, पानी र इन्धनको आपूर्ति बन्द गरिएको छ। यहाँका मानिस निकै कठिन परिस्थितिमा छन्।
अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले अस्थायी युद्धविरामको प्रस्ताव गरेका छन्। तर उनले हमासलाई मात्र फाइदा हुने भन्दै औपचारिक युद्धविरामको सम्भावनालाई अस्वीकार गरेको बीबीसीले उल्लेख गरेको छ।