Fri. Mar 14th, 2025

एनआरएनए सचिवमा धादिङका लोक प्रसाद दाहालको उम्मेदवारी

धादिङ- गैर आवासीय नेपाली संघ एनआरएनको विश्व सम्मेलन एवम् ११औं महाधिवेशन काठमाण्डौँमा चलिरहेको छ । अधिवेशनमा धादिङका लोक प्रसाद दाहालले सचिव पदमा उम्मेदवारी दिएका छन् । प्रस्तावमा रमेश दाहाल र खुम गुरुङ, सुरज न्यौपाने र सीताकुमारी दाहाल समर्थकमा रहेका छन् ।


उनी एनआरएनए अभियानका लोकप्रिय अभियन्ता तथा सफल व्यवसायीको रूपमा चिनिन्छन् । एनआरएन अभियानमा विगत १५ वर्षदेखि निरन्तर सक्रिय दाहालले आफू एकैचोटि नभई स्टेप वाई स्टेप जिम्मेवारी वहन गर्दै अघि बढेको बताए । ‘धादिङको बुढाथुममा जन्मिएर विगत १५ वर्षदेखि बेल्जियमलाई कर्मथलो बनाएको छु । बेल्जियमको जिल्ला अध्यक्ष हुदै एनआरएनएको कोषाध्यक्ष समेत भैसकेको र कार्य अनुभव पनि भएका कारण सचिव पदमा उम्मेदवारी दिएको हो’, उनले भने ।


एनआरएनए नेपालीका मुद्धाहरु गैर नागरिकता, मजदुरका मुद्धा एनआरएनए शुद्धिकरण लगायतका एजेण्डा पुरा गर्न सचिव पदमा उम्मेदवारी दिएको उनले बताए । ‘समुहबाट आरके शर्माले अध्यक्षको उम्मेदवारी दिनुभएको छ । २४ महिनामा २४ बाचा पत्र रहेका छन्’, उनले भने– ‘एनआरएनएविचमा एकता, वैदेशिक रोजगार दक्ष जनशक्ति सुरक्षित वातावरण सामाजिक सुरक्षा, हाम्रो निति सुधारौ श्रमिकको आर्थिक स्थिति जस्ता मुद्धाहरु घोषणा पत्रमा उल्लेख छन् । जारी गर्ने घोषणा पत्रमा उल्लेख मुद्धाहरु कटिवद्ध भएर पुरा गर्नेछौं ।’

बेल्जियमको महासचिव र अध्यक्ष हुदै केन्द्रिय सहकोषाध्यक्ष र हाल उनी वर्तमान कोषाध्यक्ष हुन् । एनआरएनएसँग जोडिएपछि नेपाल लगायत एसिया, अफ्रिका तथा युरोपका देशहरुमा समेत सामाजिक कार्य गर्दै आएका छन् । उनले भने– ‘एनआरएनएमा रहेर अझै धेरै काम गर्न बाकी छ । एनआरएनए नेपालीका मुद्धाहरु तथा सवालहरुको समाधान गर्न सक्ने विश्वासले उम्मेदवारी दिएको हुँ । नयाँ कार्यसमिति चयनका लागि बुधबार राति १२ वजेदेखि अनलाईन मार्फत मतदान हुदैछ । मलाई मतदान गरी जिताउन सहयोग गरिदिन अनुरोध गर्दछु ।’

About The Author

अन्य समाचारहरु: